पहिरोले टहरो पुरिँदा जाजरकोटमा एकै परिवारका तीन जनाको मृत्यु

पहिरोले टहरो पुरिँदा जाजरकोटमा एकै परिवारका तीन जनाको मृत्यु

सुर्खेत। जाजरकोटको नलगाड नगरपालिका वडा नम्बर-२ माझगाउँमा पहिरोले घर पुरिँदा तीन जनाको मृत्यु भएको छ।

गएराति गएको पहिरोले घर पुरिँदा तीन जनाको मृत्यु भएको जाजरकोटका प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले बताए ।


पहिरोले टहरो पुरिँदा जाजरकोटमा एकै परिवारका तीन जनाको मृत्यु

प्रमुख जिल्ला अधिकारी अधिकारीका अनुसार पहिरोमा परी ४२ वर्षीय लालबहादुर परियार र उनकी श्रीमती ३४ वर्षीया मनीषा परियार र २ वर्षका छोराको मृत्यु भएको छ ।

वडा नम्बर २ का अध्यक्ष पूर्णबहादुर खत्रीका अनुसार भूकम्पले घर भत्किएपछि लालबहादुर परियारको परिवार अस्थायी टहरामा बस्दै आएको थियो ।