नेपाल आउँदै भारतीय सेना प्रमुख

नेपाल आउँदै भारतीय सेना प्रमुख

काठमाडौं। भारतीय स्थल सेनाका प्रमुख जनरल धीरज सेठ पाँचदिने औपचारिक भ्रमणका क्रममा यही साउन ३१ गते (अगस्ट १६) नेपाल आउने भएका छन्।

नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलको निमन्त्रणामा उनी काठमाडौँ आउन लागेका हुन्। गत असार १५ (जुन ३०) मा भारतीय सेनाको ३१औँ सेना प्रमुखको जिम्मेवारी सम्हालेपछि सेठको यो पहिलो नेपाल भ्रमण हो।

नेपाल बसाइका क्रममा भारतीय सेना प्रमुख सेठलाई नेपाली सेनाको मानार्थ महारथी (जनरल) को दर्ज्यानी चिह्न प्रदान गर्ने कार्यक्रम छ।

नेपाल र भारतबीच एकापसका सेना प्रमुखलाई मानार्थ महारथीको दर्जा प्रदान गर्ने दशकौँ पुरानो विशिष्ट सैन्य परम्परा रहिआएको छ। यस भ्रमणले दुई देशका सेनाबीचको ऐतिहासिक सम्बन्ध, आपसी विश्वास र व्यावसायिक सहकार्यलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ।

छुटाउनुभयो कि ?