संविधान र कानुनअनुसार आगामी निर्वाचन गर्नुपर्ने प्रचण्डको भनाइ

संविधान र कानुनअनुसार आगामी निर्वाचन गर्नुपर्ने प्रचण्डको भनाइ

भक्तपुर। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संविधान र कानुनको व्यवस्थाअनुसार आगामी स्थानीय तह तथा प्रदेशको निर्वाचन सम्पन्न गर्नुपर्ने बताएका छन् ।

मध्यपुरथिमिमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले आज आयोजना गरेको राष्ट्रिय जागरण अभियानको उद्घाटन समारोहलाई सम्बोधन गर्दै संयोजकप्रचण्डले आगामी जेठ ५ गते स्थानीय तहको पाँचवर्षे कार्यकाल पूरा हुने भएकाले सोहीअनुसार निर्वाचन हुनुपर्नेमा जोड दिए।

उनले निर्वाचन आयोगबाट वैशाखमा स्थानीय तह र आगामी मङ्सिरको पहिलो साता प्रदेशको निर्वाचन गर्ने प्रस्ताव आएको उल्लेख गर्दै राजनीतिक दलहरूको धारणा पनि संवैधानिक व्यवस्थाअनुसार नै अघि बढ्नुपर्ने रहेको बताए। लोकतन्त्रको रक्षाका लागि संविधानको रक्षा गर्नु अपरिहार्य रहेको उनको भनाइ छ ।

यसैगरी, स्थानीय तहको निर्वाचनमा उम्मेदवार छनोट र टिकट वितरणमा पार्टीको माथिल्लो तहबाट कुनै हस्तक्षेप नहुने स्पष्ट पार्दै दाहालले तल्लो कमिटीलाई नै उम्मेदवारको निर्णय गर्न निर्देशन दिए।

सोही कार्यक्रममा बोल्दै नेकपाका सहसंयोजक माधवकुमार नेपालले राष्ट्रिय जागरण अभियानलाई जनताको घरदैलोसम्म पुर्‍याउनुपर्ने बताए । उनले विगतमा पार्टी र सरकारले गरेका सकारात्मक कामहरूको प्रचारप्रसारलाई प्रभावकारी रूपमा जनतामाझ लैजान नेता तथा कार्यकर्तालाई आग्रह गरे।

धेरै पढिएको