काभ्रेको पिन्थली र गिम्दीबेँसीमा पहिरो: बिपी राजमार्ग पूर्ण रूपमा ठप्प

काभ्रेको पिन्थली र गिम्दीबेँसीमा पहिरो: बिपी राजमार्ग पूर्ण रूपमा ठप्प

काभ्रेपलाञ्चोक। रोशी गाउँपालिका-९ पिन्थली र गाउँपालिका-८ गिम्दीबेँसीमा पहिरो खसेपछि बिपी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रविन विष्टका अनुसार निरन्तर वर्षा भइरहेकाले तत्काल पहिरो पन्छाएर सडक खुलाउन कठिन भइरहेको छ।

प्रहरीले राजमार्गको वस्तुस्थिति बुझेर मात्र यात्रा तय गर्न सर्वसाधारणलाई आग्रह गरेको छ।