कोरिया पठाउने भन्दै ठगी गर्ने न्यू सफल ग्लोबल कन्सल्टेन्सीका सञ्चालक पक्राउ

कोरिया पठाउने भन्दै ठगी गर्ने न्यू सफल ग्लोबल कन्सल्टेन्सीका सञ्चालक पक्राउ

काठमाडौँ ।  न्यू सफल ग्लोबल कन्सल्टेन्सीका सञ्चालक गणेश पाण्डे पक्राउ परेका छन्। कोरिया पठाइदिने भन्दै ठगी गरेको आरोपमा प्रहरीले पाण्डेलाई पक्राउ गरेको हो। 

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक एवं सूचना अधिकारी रामेश्वर कार्कीले  ठगी गरेको आरोपमा अनुसन्धान गर्न पाण्डेलेलाई नियन्त्रणमा लिएको बताए।

न्यू सफल ग्लोबल कन्सल्टेन्सीले आफ्नो छोरालाई कोरिया पठाइदिने भन्दै दुई वर्षदेखि अलपत्र पारेको आरोप लगाउँदै एक महिलाले कारबाहीको माग गरेकी थिइन्। उनले प्रधानमन्त्री र गृहमन्त्रीलाई सम्बोधन गर्दै सामाजिक सञ्जाल टिकटकमार्फत कारबाहीको माग गरेकी थिइन्। सोही विषयमा अनुसन्धानका लागि प्रहरीले नुवाकोट घर भई हाल काठमाडौंको सामाखुसी बस्दै आएका पाण्डेलाई मंगलबार रानीबारी चोकबाट नियन्त्रणमा लिएको हो।ब

प्रहरीका अनुसार पाण्डेमाथि ठगीसम्बन्धी कसुरमा आवश्यक अनुसन्धान भइरहेको छ।

छुटाउनुभयो कि ?