काठमाडौँ । उत्तर प्रदेशको कन्नौजमा आगरा-लखनऊ एक्सप्रेसवेमा भएको सडक दुर्घटनामा चारजना विद्यार्थीको मृत्यु भएको छ। दुर्घटनामा करिब ३५ जना घाइते भएका छन्। समाचार एजेन्सी पीटीआईका अनुसार ,तीव्र गतिमा रहेको ट्रकले सडक छेउमा पार्किङ गरिएको स्कुल बसलाई ठक्कर दिँदा दुर्घटना भएको हो।
दुर्घटनापछि प्रहरी र उद्धार टोली घटनास्थलमा पुगेका थिए। घाइते बालबालिकालाई उपचारको लागि तिर्वा मेडिकल कलेज लगिएको थियो।
स्कुलका प्रधानाध्यापक र एकजना बच्चा गम्भीर घाइते भएका छन् र उपचारको लागि कानपुर रिफर गरिएको छ।
यसैबीच,घाइते भएका २२ बालबालिकाको तिरवा मेडिकल कलेजमा उपचार भइरहेको छ। कन्नौजका प्रहरी अधीक्षक विनोद कुमारले मंगलबार बिहान ५:४५ बजे आगराबाट लखनऊ जाँदै गरेको बसमा करिब ५० बालबालिका र आठ शिक्षक कर्मचारी यात्रा गरिरहेको बताए।
उनका अनुसार स्कुल बस मथुराको भ्रमणबाट कौशाम्बी फर्किरहेका थिए। उनीहरूले ठटिया क्षेत्रमा सडकको छेउमा बस पार्क गरेका थिए। त्यतिबेला पछाडिबाट तीव्र गतिमा आउँदै गरेको ट्रकले बसलाई ठक्कर दियो।