सवारी दुर्घटना: १० जनाको मृत्यु, १५३ घाइते (मृतकको नामावली)

सवारी दुर्घटना: १० जनाको मृत्यु, १५३ घाइते (मृतकको नामावली)

काठमाडौँ । गएको २४ घण्टामा विभिन्न जिल्लामा भएका सवारी दुर्घटनामा १० जनाले ज्यान गुमाएका छन्। यस अवधिमा गाडी दुर्घटनामा परेर १ सय ५३ जना घाइते भएका प्रहरीले जनाएको छ। 

दुर्घटनामा परेर झापा, सिराहा, सर्लाही, नवलपरासीपूर्व, बर्दिया, रोल्पा, अर्घाखाँची, जुम्ला र अछाममा गरेर १० जनाको मृत्यु भएको हो। त्यसैगरी दुर्घटनामा परेर काठमाडौँ उपत्यकामा १३ जना घाइते भएका छन्। 

बागमती प्रदेशका बाँकी जिल्लामा ६ जना, गण्डकीमा १०, कर्णालीमा १३, सुदूरपश्चिममा १४, लुम्बिनीमा २४, मधेसमा ३० र कोसी प्रदेशमा ४३ जना घाइते भएका प्रहरीले सार्वजनिक गरेको विवरणमा उल्लेख छ।