काठमाडौँ । बंगालको खाडीमा विकसित चक्रवात ‘अकवान’को प्रभाव नेपालमा सामान्य मात्र पर्ने देखिएको छ। यसको प्रभावले पूर्वी तराईका केही स्थानमा हल्का वर्षा हुने सम्भावना रहे पनि ठूलो वर्षाको संकेत भने छैन।
शनिबार राति झापाको केचनामा वर्षा भएको छ। आइतबार दिउँसो वा राति पनि पूर्वी तराईका एक–दुई स्थानमा हल्का वर्षा हुन सक्नेछ भने अन्य केही स्थानमा बदली हुने सम्भावना छ। क्रवातसँग सम्बन्धित हावाको बहावमा आएको परिवर्तनले नेपालमा वायु प्रदूषण घटाउन केही सहयोग पुगेको मौसमविद् विनोद पोखरेलले बताए।
यद्यपि,अब चिसो बढ्ने र वायु प्रदूषणको समस्या कायमै रहने सम्भावना छ। प्रदूषण नियन्त्रणका लागि फोहोर तथा पराल नजलाउने, धुवाँ र धुलो कम गर्ने जस्ता उपाय अपनाउन आवश्यक देखिएको मौसमविद् पोखरेलको भनाइ छ।