प्रधानमन्त्रीको भारत भ्रमण स्वीकृतसहित यस्ता छन् मन्त्रिपरिषद्का निर्णय

प्रधानमन्त्रीको भारत भ्रमण स्वीकृतसहित यस्ता छन् मन्त्रिपरिषद्का निर्णय

काठमाडौं । मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री वालेन्द्र शाह बालेनको यही मंसिर ६ र ७ गते हुने भारत भ्रमण स्वीकृत गरेको छ । 

मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले प्रधानमन्त्री नेतृत्वको भ्रमणका लागि नेपाली प्रतिनिधिमण्डल गठन गरेको सूचना तथा सञ्चारमन्त्री डा। विक्रम तिमिल्सिनाले जानकारी दिए ।

बैठकले अन्तर्राष्ट्रिय मुद्रा कोषबाट प्राप्त हुने निव्याजी ऋण स्वीकार गर्ने निर्णय गरेको छ । 

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले कोषबाट ‘र्‍यापिड क्रेडिट फ्यासिलिटी’अन्तर्गत प्राप्त हुने करिब १०७ मिलियन डलरबराबरको निर्व्याजी सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय गरेको हो । 

शुक्रबारको अमेरिकी डलरको मूल्यअनुसार उक्त रकम झन्डै १५ अर्ब ९४ करोड ३० लाखबराबर हुन्छ । 

त्यसबाहेक भोटेकोसी बाढीबाट प्रभावितका लागि चीन सरकारबाट ‘जीवन रक्षा तथा आपत्कालीन उद्धार र राहतका लागि प्राप्त हुने’ दुई मिलियन अमेरिकी डलर अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको उनले जानकारी दिए । 

मन्त्रिपरिषद् बैठकले नेपालभर नाप जाँच हुन बाँकी रहेका सरकारी, सार्वजनिक र सामुदायिक जग्गा नापजाँच गरी लगत तयार गर्नका लागि आदेश जारी गरेको छ । 

राष्ट्रिय जैविक विविधता रणनीतिक कार्ययोजना २०२६–३० स्वीकृत गर्ने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको छ । 

यस्तै, ऐतिहासिक, पुरातात्विक र सांस्कृतिक सम्पदा संरक्षणसम्बन्धी नर्म्स ९मापदण्ड० २०८३ स्वीकृत गर्ने निर्णय गरेको मन्त्री तिमिल्सिनाले जानकारी दिए । आजको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय झोलुंगे पुल नीति २०८३ स्वीकृत गरेको छ ।