हेटोँडा । आज बिहान ८:३० बजेतिर मकवानपुरको भीमफेदी–१ भैसेमा सुमो दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । मृतकहरुको पहिचान खुल्न बाँकी छ ।
रौतहटको चन्द्रनिगाहपुरबाट काठमाडौँको लागि छुटेको ना१ज २१४३ नम्बरको यात्रु बाहक सुमो घुम्तीमा अनियन्त्रित भइ सडकबाट १० मिटर तल भैसे खोलामा खसेर दुर्घटना भएको हो ।
सुमोमा चालकसहित १० जना सवार रहेका थिए ।
उनीहरुलाई उद्धार गरी उपचारको लागि हेटौँडा अस्पताल ल्याइएकामा ३ जनाको मृत्यु भएको हो । अन्य ७ जना घाइतेको हेटौँडा अस्पतालमा उपचार भइरहेको छ ।