काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको बाढी प्रभावितका लागि सहयोग जुट्ने क्रम जारी छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार सरकारले सञ्चालन गरेका प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग संकलन भइरहेको छ ।
कार्यालयका अनुसार कोषका विभिन्न खातामा आज बिहान ९ बजेसम्मको मौज्दात रकम १८ अर्ब ४७ करोड आठ लाख ७२ हजार ३९५ पुगेको छ । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका विभिन्न नौ वटा वाणिज्य बैंकमा मैज्दात १३ अर्ब ७३ करोड छ लाख ७७ हजार ४३० र हिमालयन बैंक र लक्ष्मी सनराइज बैंकमा रहेका डलर खातामा तीन करोड १७ लाख ५७ हजार ९७२ अमेरिकी डलर पुगेको छ ।