सुनको मूल्य घट्ने क्रम जारी,आज कतिमा हुँदैछ किनबेच?

सुनको मूल्य घट्ने क्रम जारी,आज कतिमा हुँदैछ किनबेच?

काठमाडौँ । तिहारपछि ह्वात्तै घटेको सुनको भाउ लगातार ओरालो लाग्ने क्रम चौथो दिन पनि रोकिएन। तिहार बिदापछि कारोबार सुरु भएयता निरन्तर घटेको सुनको मूल्य आज चौथो दिन (बुधबार) अरू घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ६० हजार ९०० रुपैयाँ झरेको हो। हिजो मंगलबार सुन तोलाको २ लाख ६७ हजार २०० सय रुपैयाँमा किनबेच भएको थियो। 

सोमबार सुन तोलाको २ लाख ६९ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो। तिहारका लागि सुनचाँदी कारोबार बन्द गर्नुअघि कात्तिक २३ गते सुनको भाउ प्रतितोला २ लाख ८४ हजार ३ सय रुपैयाँ थियो।

त्यसपछि एकैचोटि कात्तिक २७ गते १२ हजार ६ सय रुपैयाँ घटेर तोलाको २ लाख ७१ हजार ७ सय रुपैयाँ निर्धारण गरिएको थियो। त्यसयता सुनको मूल्य आजसम्म घटेको घट्यै छ। सुनसँगै मंगलबारसम्म निरन्तर घटेको चाँदीको भाउ आज भने बढेको छ।  सुनचाँदी व्यवसायी महासंघका अनुसार चाँदीको मूल्य आज प्रतितोला ३ हजार ३८० रुपैयाँ निर्धारण गरिएको छ। 

हिजो मंगलबार चाँदी तोलामा २ हजार ९ सय ९२ रुपैयाँ कारोबार भएको थियो।यसअघि सोमबार चाँदीको भाउ ३ हजार ५२० रुपैयाँ थियो भने आइतबार ३ हजार ६ सय रुपैयाँ थियो। त्यसअघि शुक्रबार चाँदीको मूल्य प्रतितोला मूल्य ३ हजार ७ सय रुपैयाँ थियो। तिहारअघि कात्तिक २३ गते भने चाँदी प्रतितोला ३ हजार ८ सय ५५ रुपैयाँमा कारोबार भएको थियो।