काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक आज १२.७९ अंकले घटेर २६३६.१० विन्दुमा झरेको छ।
तीन दिनको बिदापछि मंगलबार खुलेको बजारमा ३५३ वटा स्क्रिपको १ करोड १२ लाख ९३ हजार कित्ता सेयर किनबेच हुँदा कुल ४ अर्ब ७३ करोड ११ लाख बराबरको कारोबार भएको छ।
कारोबारमा आएका कम्पनीहरूमध्ये १८५ वटाको सेयर मूल्य घटेको छ भने ८६ वटा कम्पनीको मूल्य बढेको छ। त्यस्तै, ९ वटा कम्पनीको सेयर मूल्य स्थिर रहेको छ।
समग्रमा घटे पनि अपर लोहोरे हाइड्रोपावरका लगानीकर्ताले १० प्रतिशत भन्दा धेरै कमाएका छन् । उक्त कम्पनीको शेयर मूल्य ११.८४ प्रतिशतले बढेर अन्तिम मूल्य ३५९ रुपैयाँ कायम भएको छ। दोस्रो धेरै कमाउने सेन्ट्रल फाइनान्को मूल्या भने ६ प्रतिशतले बढेको छ ।
कारोबार रकमका आधारमा आज नबिल बैंकको डिबेञ्चर पहिलो स्थानमा रह्यो । यो स्क्रिपको कुल २८ करोड ९१ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । दोस्रोमा रहेको घलेम्दी हाइड्रोपावरको २० करोड ३१ लाखको कारोबार भएको छ ।
समूहगत रुपमा म्युचुअल फन्डको मात्रै सूचक बढेको छ । अरु सबै समूह घट्दा होटल समूहले सर्वाधिक १.२१ प्रतिशत मूल्य गुमाएको छ ।