आज पनि घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

आज पनि घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ । काठमाडौं । नेपाली बजारमा आज पनि सुनको मूल्य घटेको छ । सोमबार सुनको मूल्य १ हजार १०० र चाँदी ८० रुपैयाँले घटेको हो। अघिल्लो दिन आइतबार  सुनको मूल्य १ हजार ५०० र चाँदीको मुल्य १०० रुपैयाँले घटेको थियो।

नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार सोमबार एक तोला सुनको मूल्य २ लाख ६९ हजार १०० कायम भएको छ। आइतबार सोही परिमाणको सुन २ लाख ७० हजार २०० रुपैयाँमा खरिदबिक्री भएको थियो।

महासंघका अनुसार आज चाँदी प्रतितोलाको ३ हजार ५२० रुपैयाँमा खरिदबिक्री भइरहेको छ। सोमबार १५५ रुपैयाँले घटेर प्रतितोला चाँदीको मूल्य ३ हजार ६०० रुपैयाँ कायम भएको थियो।