मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिदै

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिदै

विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का संस्थापक महामन्त्री डा. मुकुल ढकाल र प्रतिनिधिसभा सदस्य निशा डाँगी विवाह बन्धनमा बाँधिने भएका छन् ।

लामो समयदेखिको प्रेम सम्बन्धलाई विवाहमा परिणत गर्न लागेका हुन् । उनीहरूको विवाह आगामी मंसिर १० गते तय भएको हो । विराटनगर–३, दूधफारमस्थित ढकालको घरमा विवाहको तयारी सुरु भइसकेको छ । "मंसिर १० मा हामी विवाह बन्धनमा बाँधिदै छौँ । कार्ड छपाइलयागत विवाहको अन्य तयारीको काम भइरहेको छ," ढकालले बाह्रखरीसँग भने । 

विवाह झापाको मंगलबारेस्थित डाँगीका आफन्तको घरबाट हुने तय भएको छ । मुकुल र निशाबीचको सम्बन्ध यसअघि पनि राजनीतिक वृत्तमा चर्चाको विषय बनेको थियो । डाँगी रास्वपाकी नेतृ हुन् । उनी २०७९ को निर्वाचनमा समानुपातिकतर्फबाट प्रतिनिधिसभा सदस्य बनेकी थिइन् । २०८२ को निर्वाचनमा झापा–१ बाट प्रत्यक्ष निर्वाचित भएकी हुन् । उनी पार्टीको केन्द्रीय नेतृत्वमा समेत छिन् ।