त्रिभुवन विमानस्थलबाट १ किलो सुनसहित चिनियाँ नागरिक पक्राउ

त्रिभुवन विमानस्थलबाट १ किलो सुनसहित चिनियाँ नागरिक पक्राउ

काठमाडौँ ।  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भन्सार र सशस्त्र प्रहरीको चेकिङ क्षेत्र पार गरिसकेका एक चिनियाँ नागरिक सुनसहित पक्राउ परेका छन् ।

नेपाल प्रहरीको टोलीले मंगलबार मध्यराति १ बजेर २५ मिनेटमा १ किलो ८०३.७७ ग्राम सुनसहित चीनको जिलिन प्रान्तका जियानह्वा वाङलाई नियन्त्रणमा लिएको हो । हङकङबाट नेपाल वायुसेवा निगमको उडान नम्बर आरए ४१० मार्फत काठमाडौँ आएका वाङ विमानस्थलको भन्सार र सशस्त्र प्रहरीको जाँच क्षेत्र पार गरिसकेपछि पक्राउ परेका हुन् ।

प्रहरीले उनलाई बरामद सुनसहित थप अनुसन्धानका लागि त्रिभुवन विमानस्थलस्थित गौचर भन्सार कार्यालयमा बुझाएको जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।