मुग्लिन-नारायणगढ सडकको नाम्सी पुलमा पहिरो: एकतर्फी मात्रै सवारी सञ्चालन

मुग्लिन-नारायणगढ सडकको नाम्सी पुलमा पहिरो: एकतर्फी मात्रै सवारी सञ्चालन

काठमाडौँ। मुग्लिन-नारायणगढ सडकखण्डअन्तर्गत नाम्सी नयाँ पुलमा ढुंगा खसेपछि यातायात सेवा एकतर्फी मात्र सञ्चालन भएको छ।

सडक डिभिजन कार्यालय भरतपुरले आज सोमबार बिहान ७:४० बजे दिएको जानकारीअनुसार नयाँ पुलमा लेदो र ढुंगा खसेकाले हाल पुरानो पुलमार्फत एकतर्फी सवारी आवागमन गराइएको छ।

सडकमा खसेको पहिरो हटाई दुवैतर्फ बाटो खुलाउनका लागि डिभिजनका मेसिन तथा उपकरणहरू परिचालन भइसकेका छन्। पहिरो पन्छाएर दुईतर्फी यातायात सञ्चालन गर्न करिब १ देखि २ घण्टा लाग्ने अनुमान गरिएको छ।

सडक डिभिजन भरतपुरले यात्रु तथा चालकहरूलाई सुरक्षाको दृष्टिकोणले पुरानो पुलबाट मात्रै एकतर्फी र सजग भई यात्रा गर्न अनुरोध गरेको छ।

छुटाउनुभयो कि ?