काठमाडौँ । नेपाली कांग्रेसका सहमहामन्त्री अजयबाबु शिवाकोटीलाई प्रहरीको साइबर ब्युरोले बोलाएको छ ।
चाडबाड बिदाको बेलामा समेत प्रहरीको ताकेता आएको उनले आइतबार सामाजिक सञ्जालमा भनेका छन् ।
"चाडबाड बिदाको बेलामा समेत प्रहरीको ताकेता आएपछि एक घण्टापछि साइबर ब्युरोमा पुग्दै छु । आजको सबै भेटघाट सम्भव भएसम्म साइबर ब्युरोमै गर्दै छु," उनले लेखेका छन् ।