काठमाडौँ: नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिले राज्यमा विवेकहीन, अराजक र निरंकुश प्रवृत्ति हाबी भएको बताएका छन्।
शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै संयोजक प्रचण्डले विगतका वर्षहरूमा सुशासन र विकासका क्षेत्रमा केही पनि काम भएन भन्नेजस्ता तथ्यहीन र अराजक प्रचार भइरहेको भन्दै असन्तुष्टि व्यक्त गरे।
आफ्नो नेतृत्वको सरकारले भ्रष्टाचारका विरुद्ध र सुशासनका पक्षमा अभियान चलाइरहँदा सरकारबाट अपदस्थ गरिएको दाबीसमेत उनले गरे।
वर्तमान सरकारको कार्यशैलीप्रति तीव्र असन्तुष्टि जनाउँदै प्रचण्डले सरकारका गतिविधि र कामकाज हेर्दा हिन्दी जासुसी फिल्मजस्तो देखिएको टिप्पणी गरे। सरकारले हुँदै नहुने विचित्रका कामहरू देखाउन थालेको आरोप उनले लगाए।