पटाका पड्काउने क्रममा एक बालकको मृत्यु

पटाका पड्काउने क्रममा एक बालकको मृत्यु

वीरगन्ज । पर्साको पकाहाँ मैनपुर गाउँपालिका–२ मधुबनीमा पटाका पड्काउने क्रममा शरीरमा आगोले पोलेर घाइते भएका एक बालकको मृत्यु भएको छ।मृत्यु हुनेमा स्थानीय रामगुलाम सहनीका ८ वर्षीय छोरा कुन्दन सहनी रहेका छन्।

स्थानीय बासिन्दाका अनुसार सोमबार बिहान करिब ८ बजे घरअगाडि पटाका पड्काउने क्रममा कुन्दनको छातीमा आगोले पोलेर गम्भीर  घाइते भई बेहोस भएका थिए।  उनलाई तत्काल उपचारका लागि वीरगन्जस्थित तराई अस्पताल पुर्‍याइएको थियो। तर, उपचारकै क्रममा उनको मृत्यु भएको मृतकका बुबा रामगुलाम सहनीले बताएका छन्।

घटनाबारे पुष्टि गर्दै जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले सोमबार बिहान घरअगाडि पटाका पड्काउने क्रममा बालकको छातीमा छर्रा लागी गम्भीर घाइते भएका कुन्दनको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको जानकारी प्राप्त भएको बताए। उनले घटनासम्बन्धी थप अनुसन्धान भइरहेको जानकारी