घोप्टे भिरमा फेरि खस्यो सुक्खा पहिरो, पृथ्वी राजमार्ग दुईतर्फी अवरुद्ध

घोप्टे भिरमा फेरि खस्यो सुक्खा पहिरो, पृथ्वी राजमार्ग दुईतर्फी अवरुद्ध

काठमाडौं। चितवनको इच्छाकामना गाउँपालिका–४ स्थित घोप्टेभिरमा सडकमाथिबाट सुक्खा पहिरो खस्दा पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध बनेको छ ।

चितवन प्रहरीका अनुसार आज बिहान ५ बजे खसेको पहिरोका कारण राजमार्गमा दुवैतर्फको यातायात सेवा ठप्प भएको हो । पहिरो हटाएर सडक सञ्चालनमा ल्याउनका लागि आवश्यक उपकरणसहित काम भइरहेको प्रहरीले जनाएको छ ।

यसअघि आइतबार पनि सोही स्थानमा सुक्खा पहिरो खसेर राजमार्ग केही समय अवरुद्ध बनेको थियो । लगातार पहिरो खस्ने क्रम नरोकिएकाले सो क्षेत्रमा यात्रा गर्दा सजगता अपनाउन प्रहरीले आग्रह गरेको छ ।