काठमाडौँ । दैलेखको ठाटीकाँध गाउँपालिका–४ धनकोटमा एक व्यक्तिकझ धारिलो हतियार प्रहारबाट एकै घरमा चार जना महिला घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरीक्षक ऋषिकेश गौतम हरिजनका अनुसार करिब ३७ वर्षीय बमबहादुर रावतले धारिलो हतियार प्रहार गर्दा एकै परिवारका चार जना महिला घाइते भएका हुन् ।
उनका अनुसार घाइते हुनेमा चन्द्रबहादुर पुन मगरका श्रीमती ४५ वर्षीया बीमा मगर, उनका भाइबुहारी २५ वर्षीया महेसरा पुन, उनका छोरीहरू २३ वर्षीया तिला पुन र २० वर्षीया लक्ष्मी पुन रहेका छन् । घाइते मध्ये बीमाको अवस्था गम्भीर रहेको उनले बताए ।
घाइतेहरूलाई उद्धार गरी स्थानीय स्वास्थ्य चौकी लगिए पनि बीमालाई भने थप उपचारका लागि जिल्ला अस्पताल दैलेख लगिएको छ । अन्य घाइतेलाई पनि थप उपचारका लागि अन्यत्र लैजाने तयारी भइरहेको हरिजनले जानकारी दिए ।