झिलिमिली प्रकाशमा जगमगायो काठमाडौं उपत्यका

झिलिमिली प्रकाशमा जगमगायो काठमाडौं उपत्यका

काठमाडाैं। दीपावली तथा लक्ष्मीपूजाको पावन अवसरमा काठमाडौं उपत्यका र यस आसपासका सम्पूर्ण आवासीय तथा बजार क्षेत्रहरू आकर्षक झिलिमिली बत्तीले ढकमक्क सजिएका छन्।

घर-घरका कौसी, झ्याल, ढोका र चोकहरूमा बालिएका रङ्गीचङ्गी विद्युतीय बत्ती र लहरै राखिएका पाला-दियोका कारण रात्रिकालीन उपत्यकाको दृश्य निकै मनमोहक, उज्यालो र सुन्दर देखिएको छ। तिहारको विशेष रौनकले गर्दा सिङ्गो काठमाडौं उपत्यका नै दीपावलीको प्रकाशमा अद्भूत र जीवन्त बनेको छ।