स्पेनिस ला लिगा : बार्सिलोनासँग एट्लेटिको मड्रिड पराजित

स्पेनिस ला लिगा : बार्सिलोनासँग एट्लेटिको मड्रिड पराजित

काठमाडौं।  स्पेनिस ला लिगा फुटबलमा बार्सिलोना विजयी भएको छ । आज बिहान सम्पन्न खेलमा एट्लेटिको मड्रिडलाई २–१ गोलले हराउँदै बार्सिलोनाले जित निकालेको हो ।

बार्सिलोनाका लागि फर्मीन लोपेजले दुई तथा एट्लेटिकोका लागि जुलियानो सिमओिनीले एक गोल गरेका थिए ।

खेलको दशौँ मिनेटमा एट्लेटिकोका जुलियानोले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए । तर ४५औँ मिनेटमा बार्सिलोनाका लोपेजले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए ।

यस्तै, ६६औँ मिनेटमा लोपेजले व्यक्तिगत दोस्रो गोल गरेसँगै बार्सिलोना २–१ गोलले विजयी भयो ।


यो जितसँगै बार्सिलोना १२ खेलबाट ३३ अंकका साथ तालिकाको शीर्षस्थानमा रहेको छ । पराजित भएको एट्लेटिको मड्रिड २८ अंकसहित तेस्रो स्थानमा छ ।