काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत शुक्रबार भइरहेको खेलमो सुदूरपश्चिम रोयल्सले कर्णाली याक्सलाई १७६ रनको लक्ष्य दिएको छ ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १७७ रन बनाए ।
सुदूरपश्चिमका जैफ जैबले २४ बलमा १ छक्का र ४ चौकासहित ३५, विनोद भण्डारीले २२ बलमा २ छक्का र २ चौकासहित २७, ब्रान्डन म्याकमलेनलले १६ बलमा १ छक्का र २ चौकासहित २४ र इशान पाण्डेले १३ बलमा ३ छक्कासहित २३, थरिन्दु रत्नायकेले १२ बलमा १ छक्का र ३ चौकासहित अविजित २२ रन बनाए ।
कर्णालीका मार्क वाटले २, नन्दन यादव, हुसेन तलत र सूर्य तामाङले समान १ विकेट लिए ।