जनकपुरले टस जित्यो, लुम्बिनीलाई ब्याटिङको निम्तो

जनकपुरले टस जित्यो, लुम्बिनीलाई ब्याटिङको निम्तो

काठमाडौँ । जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो सिजनमा लुम्बिनी लायन्सविरुद्ध पहिले फिल्डिङ गर्ने भएको छ । बिहीबार (कात्तिक १९) कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा जनकपुरका कप्तान हर्मित सिंहले टस जितेर लुम्बिनीलाई ब्याटिङको निम्तो दिएका हुन् ।  

जनकपुर जित निकाल्दै शीर्ष स्थानमा उक्लने लक्ष्यमा छ । जनकपुर चार अंकका साथ तालिकाको चौथो स्थानमा छ । जनकपुरले चार खेल खेल्दा समान दुई जित र हार व्यहोरेको छ ।
शीर्ष स्थानमा रहेको लुम्बिनी भने जित निकाल्दै तालिकामा अंक दूरी बढाउने लक्ष्यमा छ । पाँच अंक बटुलेको लुम्बिनीले तीन खेल खेल्दा दुई जित निकालेको छ । टोलीको एक खेल भने वर्षाका कारण रद्द भएको थियो ।

आजै हुने दोस्रो खेलमा विराटनगर किंग्स र काठमाण्डू गोर्खाज खेल्दै छन् । विराटनगर जित निकाल्दै शीर्ष स्थानमा उक्लने लक्ष्यमा हुनेछ । विराटनगर चार अंकका साथ दोस्रो स्थानमा । विराटनगरले चार खेल खेल्दा समान दुई जित र हार व्यहोरेको छ । 

काठमाण्डू भने दोस्रो जित निकाल्ने लक्ष्यमा हुनेछ । काठमाण्डू दुई अंकका साथ तालिकाको सातौँ स्थानमा । काठमाण्डूले दुई खेल खेल्दा समान एक जित र हार व्यहोरेको छ । 
यी दुईबीचको खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा अपराह्न ५ः०० बजे सुरु हुनेछ ।