जनकपुरविरुद्ध विराटनगरको रोमाञ्चक जित

जनकपुरविरुद्ध विराटनगरको रोमाञ्चक जित

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत विराटनगर किंग्सले दोस्रो जित निकालेको छ । भर्खरै सम्पन्न खेलमा विराटनगरले जनकपुर बोल्ट्सलाई २ रनले हराएको हो ।

विराटनगरले दिएको १७४ रनको लक्ष्य पछ्याएको जनकपुरले २० ओभरमा ७ विकेट गुमाएर १७२ रनमात्रै बनायो । विराटनगरको जितमा आन्द्रे रसेल नायक बने । आफ्नो इनिङ्समा अर्धशतक हानेका रसेलले जनकपुरको चार विकेट झारे । अन्तिम बलमा विकेट लिएर रसेलले जनकपुरलाई स्तब्ध बनाइदिए ।

जनकपुरका सैफ हसनले ७१ रनको योगदान दिए पनि टोलीको हार टार्न सकेनन् । यस्तै, विशाल सस्लिङले ४३ तथा जिमी निशमले २७ रन जोडे ।रसेलको चार विकेट बाहेक एन्जेलो म्याथ्युजले दुई तथा रुपेश सिंहले एक विकेट लिए ।त्यसअघि कीर्तिपुरस्थित त्रिवि मैदानमा टस हारेर ब्याटिङ थालेको विराटनगरले २० ओभरमा ३ विकेटको क्षतिमा १७४ रन जोड्यो ।

विराटनगरका तीन खेलाडीले अर्धशतक प्रहार गरे ।लोकेश बमले ५० तथा इमरान शेखले ५६ रन बनाउँदा आन्द्रे रसेल ५२ रनमा अविजित रहे ।बलिङतर्फ जनकपुरका अभिषेक तिवारीले दुई तथा मोइन अलीले एक विकेट लिए ।

जितसँगै विराटनगर अंकतालिकाको शीर्षस्थानमा उक्लिएको छ । चार खेलमा दुई जित र दुई हार बेहोरेको विराटनगरको ४ अंक छ । यता, समान नतिजासहित समान अंक भए पनि जनकपुर रनरेटका आधारमा तेस्रो स्थानमा छ ।