सुदूरपश्चिम टस जितेर बलिङ गर्दै : चितवनलाई ब्याटिङको निम्तो

सुदूरपश्चिम टस जितेर बलिङ गर्दै : चितवनलाई ब्याटिङको निम्तो

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सोमबारको खोस्रो खेलमा चितवनले पहिलो ब्याटिङ गर्ने भएको छ ।

सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले टस जितेर सुरुमा बलिङ गर्ने निर्णय गरेपछि चितवनले ब्याटिङको निम्तो पाएको हो ।


दुई खेलमा अपराजित चितवनले एक खेलमा जित र एक खेलमा वर्षाका कारण अंक बाँडेको छ । चितवन तीन अंकसहित तालिकाको चौथो स्थानमा छ ।

तीन खेल खेलिसकेको सुदूरपश्चिमले दुई हारको सामना गर्दा एक मात्र जित निकालेको छ । अपराजित चितवन दोस्रो जितको खोजीमा छ भने दुई खेलमा पराजित सुदूरपश्चिम चौथो खेलमा जित्नै पर्ने दबाबमा छ ।