सरकारी कार्यालयको समय परिवर्तन

सरकारी कार्यालयको समय परिवर्तन

काठमाडौँ । भोलि (कात्तिक १६) देखि सरकारी कार्यालयको समय परिवर्तन हुने भएको छ। जाडोयामको समयतालिकाअनुसार सरकारी कार्यालयको समय बिहान ९ बजेदेखि दिउँसो ४ बजेसम्म तोकिएको हो।

नेपाल राजपत्रमा प्रकाशित गृह मन्त्रालयको सूचनाअनुसार कात्तिक १६ देखि माघ १५ गतेसम्म सरकारी कार्यालयको समय बिहान ९ बजेदेखि अपराह्न ४ बजेसम्म कायम गरिएको छ।

यसअघि सरकारी कार्यालयको समय बिहान ९ बजेदेखि अपराह्न ५ बजेसम्म तोकिएको थियो।