देउवा पक्षको कांग्रेस महाधिवेशन पनि खुलामञ्चमै उद्घाटन हुने

देउवा पक्षको कांग्रेस महाधिवेशन पनि खुलामञ्चमै उद्घाटन हुने

काठमाडौँ । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले पनि १५औं महाधिवेशन काठमाडौंको खुलामञ्चमै गर्ने भएको छ। 

देउवा पक्षले पूर्वमहामन्त्री डा. शशांक कोइरालाको नेतृतवमा १५औं महाधिवेशन तयारी समिति गठन गरेको छ। तयारी समितिको सचिवालयका प्रमुख दीपक कुइकेलले खुलामञ्चमै उद्घाटन समारोह गर्ने तय भएको बताए। 

देउवा पक्षले आउँदो मंसिर २१ देखि २३ गतेसम्म महाविधेशन गर्ने तय गरेको छ। मंसिर २१ गते खुलामञ्चमा महाधिवेशनको उद्घाटन समारोह हुने भएको छ। यसअघि विशेष महाधिवेशनबाट आएको गगन थापा नेतृत्वको कांग्रेस केन्द्रीय कार्यसमितिले खुलामञ्चमा महाधिवेशन उद्घाटन गरेको थियो। 

महाविधेशन प्रतिनिधिलाई खानाको व्यवस्था भृकुटीमण्डपमा गर्ने तय भएको कुइकेलले जानकारी दिए। त्यस्तै, निर्वाचनलगायत कार्यक्रम राष्ट्रिय सभा गृहमा हुनेछन्। कांग्रेसको देउवा समूहको कात्तिक १५ मा जिल्ला र मंसिर ४ मा प्रदेश अधिवेशन गर्ने कार्यतालिका छ। अहिले जिल्ला अधिवेशन भइरहेको निर्वाचन समितिले जनाएइको छ।