नेपाली कांग्रेसका १९ पदाधिकारीको वरीयता निर्धारण: सभापति गगन थापा प्रथम, वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा दोस्रो

नेपाली कांग्रेसका १९ पदाधिकारीको वरीयता निर्धारण: सभापति गगन थापा प्रथम, वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा दोस्रो

काठमाडौं । नेपाली कांग्रेसको हालै सम्पन्न १५औँ महाधिवेशनबाट निर्वाचित १९ पदाधिकारीहरूको आधिकारिक वरीयताक्रम निर्धारण गरिएको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहीबार नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूको शपथग्रहण सम्पन्न भएलगत्तै बसेको केन्द्रीय कार्यसमितिको पहिलो बैठकले पदाधिकारीहरूको वरीयता टुङ्ग्याएको हो।

निर्धारित वरीयता सूचीअनुसार पार्टी सभापति गगन थापा पहिलो स्थानमा रहेका छन् भने वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा दोस्रो र महिलातर्फकी उपसभापति पुष्पा भुसाल तेस्रो वरीयतामा परेकी छिन्। खुलातर्फबाट उपसभापतिमा निर्वाचित डा. चन्द्रकान्त भण्डारी चौथो र मधु आचार्य पाँचौँ वरीयतामा रहँदा समावेशीतर्फका उपसभापति विनोद चौधरी छैटौँ वरीयतामा सूचीकृत भएका छन्।

महामन्त्रीहरूतर्फ प्रदीप पौडेल सातौँ, महिलातर्फकी महामन्त्री डा. डिला संग्रौला पन्त आठौँ र खुलातर्फका महामन्त्री उदय शमशेर राणा नवौँ वरीयतामा रहेका छन्।

सहमहामन्त्रीहरूमध्ये जनजातितर्फ निर्वाचित बहादुर सिंह लामा समग्रमा १० औँ वरीयतामा रहँदै सहमहामन्त्रीहरूमध्ये शीर्ष स्थानमा परेका छन्। त्यसैगरी अन्य सहमहामन्त्रीहरूको वरीयता क्रमशः ११ औँ स्थानमा योगेन्द्र चौधरी, १२ औँमा प्रकाश स्नेही रसाइली, १३ औँमा जीवन शाही, १४ औँमा अजय चौरासिया, १५ औँमा आङ्गेलु शेर्पा, १६ औँमा रामहरि खतिवडा, १७ औँमा प्रतिमा गौतम, १८ औँमा अजयबाबु सिवाकोटी र १९ औँ वरीयतामा डा. फिरदोश आलम रहेका छन्।