सर्वोच्चको पूर्ण बैठकमा इनम सापकोटासँग जोडिएका विषयमा छलफल

सर्वोच्चको पूर्ण बैठकमा इनम सापकोटासँग जोडिएका विषयमा छलफल

काठमाडौँ । सर्वोच्च अदालतको पूर्ण बैठक (फूलकोर्ट) मा इनम सापकोटाको मोबाइलमा देखिएका न्यायाधीशहरूको बारेमा छलफल भएको छ ।

शुक्रवार बसेको पूर्ण बैठकमा  इनम सापकोटाले प्रधानन्यायाधीश डा. मनोज शर्माको नाम लिएको अनि न्यायाधीश हरि फुयालले सापकोटालाई भेटेको विषयमा न्यायाधीशहरूले प्रश्न गरेका थिए । प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मासहित न्यायाधीशहरूको उक्त बैठकमा आज ती समसामयिक विषयमा छलफल भएको सर्वोच्च अदालतका प्रवक्ता अशोकुमार क्षेत्रीले जानकारी दिए।

त्यसको जवाफमा प्रधानन्यायाधीश शर्मा र न्यायाधीश फुयालले आफ्नो भनाइ राखेका थिए । न्यायाधीशहरूले विवरण सार्वजनिक भइसकेपछि त्यसबारेमा अध्ययन गर्न न्यायपालिकाभित्रै समिति गठन गर्नुपर्ने सुझाव दिएका थिए।

प्रधानन्यायाधीश डा. शर्मा, न्यायाधीशहरू हरिप्रसाद फुयाल र श्रीकान्त पौडेलले आफूहरूसँग जोडिएर विभिन्न सञ्चारमाध्यमा प्रकाशित भएका विषय भ्रामक भएको उल्लेख गर्दै हिजो प्रेस विज्ञप्ति जारी गरेका थिए।