रोमाञ्चक खेलमा कर्णालीविरूद्व काठमाडौं ४ विकेटले विजयी

रोमाञ्चक खेलमा कर्णालीविरूद्व काठमाडौं ४ विकेटले विजयी

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सोमबार भएको रोमाञ्चक खेलमा काठमाडौं गोर्खाजले कर्णाली याक्सलाई पराजित गरेको छ। 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा काठमाडौंले कर्णालीले दिएको लक्ष्य अन्तिम ओभरमा पूरा गर्दै जित निकालेको हो। कर्णालीले दिएको लक्ष्य पछ्याएको काठमाडौंले १९.४ ओभरमा ६ विकेट गुमाएर लक्ष्य पूरा गर्‍यो। 

काठमाडौंको जितमा राशिद खानले अर्धशतकीय इनिङ्स खेले। उनले ३३ बलमा ५० रन बनाए। कप्तान करण केसीले आक्रामक ब्याटिङ गर्दै २० बलमा ४४ रन जोडे। उनले ४ चौका र ३ छक्का प्रहार गरे।

त्यस्तै जाहान्दाद खानले अविजित २२ र सन्तोष यादवले अविजित ५ रन बनाए। डेभिड वार्नरले १६, मोहम्मद आदिल आलमले २० र स्मित पटेलले ९ रन बनाए। 

कर्णालीका लागि हुसेन तलतले २ तथा सोमपाल कामी, नन्दन यादव र मार्क वाटले समान १ विकेट लिए। यसअघि पहिले ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १८० रन बनाएको थियो। 

कर्णालीका लागि अरिफुल इस्लामले सर्वाधिक ४४ रन बनाउँदा हुसेन तलतले ४० रन जोडे। पवन सर्राफले अविजित ३० र गुल्सन झाले २० रन बनाए। काठमाडौंका लागि करण केसीले २ विकेट लिए। शाहब आलम, जाहान्दाद खान, देव शाह र सन्तोष यादवले समान १ विकेट लिए।