काठमाडौं। तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुँदैछ। खेल कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) क्रिकेट मैदानमा अपराह्न ४ः३० बजे सुरु हुनेछ।
आजको खेलमा जनकपुर दोस्रो जितको लक्ष्यमा रहँदा पोखरा पहिलो जित निकाल्ने उद्देश्यका साथ मैदानमा उत्रँदैछ।
जनकपुरको कप्तानी हर्मित सिंह र पोखराको नेतृत्व कुशल भुर्तेलले गरेका छन्। यसअघिका खेलमा जनकपुरले एकमा जित र एकमा हार बेहोरेको थियो। कर्णाली याक्ससँग पराजित भएको जनकपुरले काठमाडौँ गोर्खाजलाई हराएको थियो।
यस्तै, पोखरा आफ्नो पहिलो खेलमा सुदूरपश्चिम रोयल्ससँग पराजित भएको थियो। अघिल्ला दुई संस्करणमा भएका खेलमध्ये दुवै टोलीले एक–एक खेल जितेका छन्। सन् २०२५ मा पोखराले जनकपुरलाई २५ रनले हराएको थियो भने सन् २०२४ मा जनकपुरले पोखरालाई सात विकेटले पराजित गरेको थियो।