मोइन अलीको अर्धशतकमा जनकपुरले काठमान्डुलाई ८ विकेटले हरायो

मोइन अलीको अर्धशतकमा जनकपुरले काठमान्डुलाई ८ विकेटले हरायो

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत जनकपुर बोल्ट्सले पहिलो जित निकालेको छ ।

भर्खरै सम्पन्न खेलमा जनकपुरले काठमान्डु गोर्खाजलाई ८ विकेटले हराएको हो । यसअघि जनकपुर कर्णाली याक्ससँग १९ रनले पराजित भएको थियो । काठमाडौंले दिएको ११६ रनको लक्ष्य जनकपुरले १७.२ ओभरमा २ विकेटको क्षतिमा भेट्टायो ।

मोइन अलीले अर्धशतकीय पारी खेले । उनी ५८ रनमा नटआउट रहे । यस्तै, सैफ हसनले अविजित ४० रनको योगदान दिए । अली र हसनबीच ७९ रनको साझेदारी बन्यो । बलिङतर्फ काठमान्डुका लागि एकमात्र विकेट रिपोन मन्डोलले लिए ।

त्यसअघि टस जितेर ब्याटिङ थालेको काठमान्डु १९.३ ओभरमा ११५ रनमै अलआउट भयो । उसका लागि भीम सार्कीले ३३, राशिद खानले १७, स्मित पटेलले १३ तथा सुमित महर्जनले १० रन जोड्दा अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

काठमाडौंको इनिङ्स ध्वस्त पार्न राहुल यादव एक्लैले चार विकेट लिए । यस्तै, सैफ हसनले दुई तथा हरमीत सिंह, मोइन अली र ललित राजवंशीले एक–एक विकेट लिए ।