काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको पहिलो खेलमा जनकपुर बोल्ट्स र काठमान्डु गोर्खाजबीच खेल भइरहेको छ ।
कीर्तिपुरस्थित टियु मैदानमा जारी खेलमा काठमान्डुले जनकपुरलाई जितका लागि ११६ रनको लक्ष्य दिएको छ । टस जितेर ब्याटिङ थालेको काठमान्डु १९.३ ओभरमा ११५ रनमै अलआउट भयो ।
उसका लागि भीम सार्कीले ३३, राशिद खानले १७, स्मित पटेलले १३ तथा सुमित महर्जनले १० रन जोड्दा अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् । काठमाडौंको इनिङ्स ध्वस्त पार्न राहुल यादव एक्लैले चार विकेट लिए । यस्तै, सैफ हसनले दुई तथा हरमीत सिंह, मोइन अली र ललित राजवंशीले एक–एक विकेट लिए ।