सुदूरपश्चिमले जित्यो टस, पोखरा एभेन्जर्सले पहिले ब्याटिङ गर्ने

सुदूरपश्चिमले जित्यो टस, पोखरा एभेन्जर्सले पहिले ब्याटिङ गर्ने

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) मा पोखरा एभेन्जर्सले पहिले ब्याटिङ गर्ने भएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्रसिंह ऐरीले टस जितेर पहिले फिल्डिङ रोजेपछि पोखराले ब्याटिङ गर्ने भएको हो। 

सुदूरपश्चिमका कप्तान दीपेन्द्रले पहिलो खेलमा पावर प्लेमा नै विकेट जाँदा आफुहरुलाई गाह्रो भएको बताउँदै आजको खेलमा जितका लागि खेल्ने बताएका छन्। सुदूरपश्चिमले आजको खेलमा लुम्बिनीविरुद्धको टोली नै मैदान उतार्दै छ। 

एनपीएलमा पोखरा पहिलो खेल खेल्न लागेको हो। सुदूरपश्चिम पहिलो जितको खोजीमा मैदान उत्रदैछ। सुदूरपश्चिम पहिलो खेलमा लुम्बिनी लायन्ससँग ७ विकेटले पराजित भएको थियो। 

पोखरा प्लेइङ ११ : 
कुशल भुर्तेल, विपिन खत्री, किरण ठगुन्ना, दिनेश खरेल, आकाश चन्द, सकिब हसन, मेहेदी हसन, धनन्जय लक्षण, सदीरा समरविक्रम, अर्जुन घर्ती मगर र प्रतीक पोखरेल

सुदूरपश्चिम ११
दीपेन्द्र सिंह ऐरि, विनोद भण्डारी, आरिफ शेख, ईशान पाण्डे, हेमन्त धामी, अविनास बोहोरा, सैफ जैव, ब्राण्डोन म्याकमुलेन, स्कट कुग्लेजिन, सेरफाने रदरफोर्ड र अनिल खरेल