काठमाडौँ । नेपाल प्रिमियर लिगअन्तर्गत विराटनगर किंग्सविरुद्ध आज भएको खेलमा चितवन राइनोजले रोमाञ्चक जित निकालेको छ। विराटनगरविरुद्ध चितवन ८ रनले विजयी भएको हो।
नेपाली ओपनर लोकेश बम र वेस्ट इन्डिजका अलराउन्डर आन्द्रे रसेलको विस्फोटक ब्याटिङकाबिच जित नजिक पुगेको विराटनगर किङ्सले अन्तिममा लगातार विकेट गुमायो। अन्तिममा ८ रन बनाउँदा विराटनगरले ५ विकेट गुमाउँदै चितवनलाई २ अंक सुम्पियो।
पाँचौ विकेटका रुपमा आन्द्रे रसेल आउट हुँदा विराटनगरलाई २५ बलमा २६ रन आवश्यक थियो। रसेल १६ औँ ओभरको अन्तिम बलअघि १७ बलमा ३३ रन हानेर आउट भएका थिए। रसेलले ४ छक्का र १ चौका प्रहार गरे। कमल सिंह ऐरीको बलमा रसेललाई देव खनालले क्याच आउट गरे। त्यसअघि ओपनर लोकेश बलमे १४ बलमा २६ रन बनाउँदै विराटनगरलाई उत्कृष्ट सुरुवात दिलाएका थिए।
लोकेश ४ चौका र १ छक्का प्रहार गरेपछि रन्जित कुमारको बलमा विवेक यादवले क्याच गरे।