देशका हिमाली र पहाडी भूभागमा आंशिक बदली, बाँकी ठाउँमा मौसम सफा रहने

देशका हिमाली र पहाडी भूभागमा आंशिक बदली, बाँकी ठाउँमा मौसम सफा रहने

काठमाडौं।  हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। उक्त प्रणालीका कारण देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली (बादल) लागेको छ भने तराईका अधिकांश क्षेत्रमा मौसम मुख्यतया सफा रहेको छ।

महाशाखाका अनुसार आज दिउँसो देशको हिमाली भूभागमा आंशिक बदली रहनेछ। पहाडी तथा तराई भूभागमा भने मौसम मुख्यतया सफा नै रहने पूर्वानुमान गरिएको छ।

त्यसैगरी, आज राति कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली भूभागमा आंशिक बदली हुनेछ। देशका बाँकी हिमाली तथा पहाडी क्षेत्रमा भने रातको समयमा पनि मौसम मुख्यतया सफा नै रहने महाशाखाले जनाएको छ।