एनपीएलमा जनकपुर विजयी, काठमाडौं ८ विकेटले पराजित

एनपीएलमा जनकपुर विजयी, काठमाडौं ८ विकेटले पराजित

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज भएको पहिलो खेलमा जनकपुर बोल्ट्सले काठमाडौं गोर्खाजमाथि ८ विकेटको सहज र शानदार जित दर्ता गरेको छ। काठमाडौंले दिएको ११६ रनको सामान्य लक्ष्य जनकपुरले १७.२ ओभरमा २ विकेट मात्र गुमाएर भेट्टायो।

पहिले ब्याटिङ गरेको काठमाडौं गोर्खाजले १९.३ ओभरमा आफ्ना सबै विकेट गुमाउँदै ११५ रन मात्र बनाउन सकेको थियो। काठमाडौंका लागि भीम सार्कीले सर्वाधिक ३३ रन बनाए भने रशिद खानले १७ र स्मित पटेलले १३ रन जोडेका थिए।

जनकपुरका बलर राहुल यादवले किफायती तथा धारिलो बलिङ गर्दै ४ ओभरमा ३१ रन खर्चेर ४ विकेट लिएका थिए भने सैफ हसनले २ विकेट हात पारेका थिए। मोइन अली, ललित राजवंशी र हरमीत सिंहले पनि समान १-१ विकेट लिएका थिए।

जवाफमा ११६ रनको सामान्य लक्ष्य पछ्याउने क्रममा जनकपुर बोल्ट्सका मोइन अली र सैफ हसनले उत्कृष्ट ब्याटिङ गर्दै टोलीलाई जितसम्म पुर्याए।

मोइन अलीले ५१ बलमा २ चौका र ३ छक्काको मद्दतले अविजित ५८ रनको अर्धशतकीय पारी खेले भने सैफ हसनले पनि ३९ बलमा १ चौका र ३ छक्कासहित अविजित ४२ रन बनाए। काठमाडौंका लागि रिपन मण्डलले १ विकेट लिए पनि टोलीलाई हारबाट बचाउन सकेनन्।