नेपाली कांग्रेसको गगन थापा नेतृत्वको नयाँ कार्यसमिति निर्वाचन आयोगमा अद्यावधिक

नेपाली कांग्रेसको गगन थापा नेतृत्वको नयाँ कार्यसमिति निर्वाचन आयोगमा अद्यावधिक

काठमाडौं। नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित सभापति गगन थापा नेतृत्वको नयाँ केन्द्रीय कार्यसमितिको विवरण आज निर्वाचन आयोगमा अद्यावधिक गरिएको छ।

कांग्रेस महामन्त्री प्रदीप पौडेलले राजनीतिक दलसम्बन्धी ऐनको दफा ५१ को व्यवस्थाअनुसार निर्वाचन आयोगका सचिव कृष्णप्रसाद काप्रीलाई नवनिर्वाचित केन्द्रीय कार्यसमितिको अध्यावधिक विवरण हस्तान्तरण गरेका हुन्।

कार्यसमितिको विवरणसँगै महाधिवेशनबाट पारित भएको पार्टीको संशोधित विधान, राजनीतिक दस्ताबेज, समसामयिक प्रस्तावहरू तथा महाधिवेशनका प्रमुख निर्णयहरू समेत आयोगसमक्ष बुझाइएको छ।

अद्यावधिक विवरण बुझाउने क्रममा निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीसहितका अधिकारीहरूको उपस्थिति रहेको थियो।