काठमाडौं । संघीय संसद्को बैठक तत्काल आह्वान गर्न विपक्षी दलहरूले माग गरेका छन् । सिंहदरबारस्थित नेपाली कांग्रेसको संसदीय दलको कार्यालयमा सोमबार बसेको विपक्षी दलहरूको बैठकले तत्काल आह्वान गर्न विपक्षी दलहरूको माग गर्ने निर्णय गरेको नेकपाका नेता प्रमेश हमालले जानकारी दिए ।
बैठकपछि कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्दाम्बेले सुनसरीको कप्तानगञ्ज घटना, गृहमन्त्रीको सम्पत्तिसम्बन्धी प्रतिवेदन सार्वजनिक नगरिएको र सरकारले अध्यादेशमार्फत शासन गर्न खोजेको विषय उठेको बताए।
सरकारले अध्यादेशबाट शासन गर्न खोजेको भन्दै संसद्को औचित्य नै सकिएजस्तो देखिएको उनको भनाइ थियो। त्यसैले तत्काल संघीय संसद्को अधिवेशन आह्वान गर्न माग गर्ने निर्णय गरिएको उनले जानकारी दिए।
बैठकमा कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्दाम्बे, राष्ट्रियसभा संसदीय दलका नेता कमला पन्त र प्रमुख सचेतक बासना थापा सहभागी थिए ।
त्यस्तै नेकपा एमालेका तर्फबाट संसदीय दलका उपनेता पद्मा अर्याल, नेपाली कम्युनिस्ट पार्टीबाट परमेश हमाल, वर्षमान पुन र युवराज दुलाल सहभागी थिए ।
बैठकमा जनता समाजवादी पार्टीका महन्थ ठाकुर र राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० की खुश्बु ओली पनि सहभागी थिए ।