कर्णालीलाई ३९ रनले पराजित गर्दै सुदूरपश्चिम एनपीएलको दोस्रो स्थानमा उक्लियो

कर्णालीलाई ३९ रनले पराजित गर्दै सुदूरपश्चिम एनपीएलको दोस्रो स्थानमा उक्लियो

काठमाडौं । कर्णाली याक्सलाई ३९ रनले पराजित गर्दै सुदूरपश्चिम रोयल्स नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो सिजनमा दोस्रो स्थानमा उक्लिएको छ ।

यो जितसँगै सुदूरपश्चिमले तालिकामा ६ अंक जोड्यो । सुदूरपश्चिमले पाँच खेलमा तीन जित र दुई हार व्यहोरेको छ । दोस्रो स्थानमा उक्लिएपछि सुदूरपश्चिमको प्लेअफ सम्भावना बलियो बनेको छ ।

सुदूरपश्चिम रोयल्सले दिएको १७७ रनको लक्ष्य पछ्याएको कर्णालीले पूरै २० ओभर खेल्दा ७ विकेट गुमाए १३६ रन मात्र बनाउन सक्यो । मिलरले एक छेउबाट सानदार ब्याटिङ गर्दै अविजित ९३ रन बनाएपनि उनले अर्को छेउबाट राम्रो साथ पाएनन् ।