पर्वतारोही पुरबहादुर गुरुङको पार्थिव शरीर काठमाडौँ ल्याइयो, संघको कार्यालयमा अन्तिम श्रद्धाञ्जली

पर्वतारोही पुरबहादुर गुरुङको पार्थिव शरीर काठमाडौँ ल्याइयो, संघको कार्यालयमा अन्तिम श्रद्धाञ्जली

काठमाडौं। पाकिस्तानस्थित ८,०४७ मिटर अग्लो ब्रोड पिक हिमाल आरोहणका क्रममा हिमपहिरोमा परी ज्यान गुमाएका अनुभवी पर्वतारोही पुरबहादुर गुरुङ (युक्त) को पार्थिव शरीर स्वदेश ल्याइएको छ।

पाकिस्तानबाट बिहीबार काठमाडौँ ल्याइएको उनको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि नेपाल पर्वतारोहण संघको कार्यालयमा राखिएको थियो। सो अवसरमा दिवंगत गुरुङको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएर सम्मान व्यक्त गरिनुका साथै परिवारजन, आफन्त र शुभेच्छुकहरूले फूल, माला र खादा चढाएर अन्तिम श्रद्धाञ्जली अर्पण गरेका छन्।

ब्रोड पिकमा गएको विनाशकारी हिमपहिरोमा परी निर्मल पुर्जासहित ६ जना नेपाली पर्वतारोही र अन्य टोलीका सदस्य गरी कुल १० जनाको मृत्यु भएको थियो। तीमध्ये हालसम्म गुरुङको मात्र शव नेपाल ल्याउन सकिएको हो।

गोरखाको लाप्राक निवासी ३७ वर्षीय गुरुङले १० पटक सगरमाथाको सफल आरोहण गर्नुका साथै ८ हजार मिटरभन्दा अग्ला हिमाल २८ पटक सर गरिसकेका थिए।

 

छुटाउनुभयो कि ?