सिरहा र सुनसरी घटनाका मृतकका परिवारलाई राहत र क्षतिपूर्ति दिने मन्त्रिपरिषद्को निर्णय

सिरहा र सुनसरी घटनाका मृतकका परिवारलाई राहत र क्षतिपूर्ति दिने मन्त्रिपरिषद्को निर्णय

काठमाडौं। सरकारले सुनसरी र सिरहामा प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर मृत्यु भएकाका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने निर्णय गरेको छ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त घटनामा ज्यान गुमाएकाका परिवारलाई राहत र क्षतिपूर्तिका साथै घाइतेहरूको नि:शुल्क उपचारको व्यवस्था गर्ने निर्णय गरेको हो।

सरकारका प्रवक्ता सस्मित पोखरेलका अनुसार पीडित परिवारलाई प्रदान गरिने राहत तथा क्षतिपूर्तिको रकमबारे भने हाल खुलाइएको छैन। प्रदर्शनका क्रममा सुनसरीमा ३ र सिरहामा १ गरी कुल ४ जनाको मृत्यु भएको थियो।

छुटाउनुभयो कि ?