बम विस्फोट गरेको आरोपमा विप्लवका ५ नेता पक्राउ

बम विस्फोट गरेको आरोपमा विप्लवका ५ नेता पक्राउ

काठमाडौं : वैदेशिक रोजगार ब्यवसायी रोहन गुरुङको घरमा बम विस्फोट गराएको आरोपमा प्रहरीले विप्लव समूहका ५ जना केन्द्रीय स्तरका नेतालाई पक्राउ गरेको छ ।

प्रहरीको विशेष ब्यूरोको टोलीले काठमाडौंको विभिन्न स्थानबाट उनीहरुलाई पक्राउ गरेको हो ।पक्राउ पर्नेमा सञ्जीव लामा, तिलकबहादुर गुरुङ, वकिल घर्तीमगर, त्रिलोचन विक र दुर्खाबहादुर तामाङलाई पक्राउ गरी थप अनुसन्धान गरीरहेको प्रहरीले जानकारी दिएको छ।