काठमाडौं। जनआस्था साप्ताहिकका सम्पादक तथा वरिष्ठ पत्रकार किशोर श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
प्रहरी उच्च स्रोतका अनुसार ललितपुरको कुसुन्ती (बागडोल) स्थित आफ्नै निवासबाट उनलाई पक्राउ गरिएको हो। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौँको संयुक्त टोलीले उनलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।
श्रेष्ठविरुद्ध वैयक्तिक गोपनीयतासम्बन्धी ऐन तथा विद्युतीय अपराध (साइबर अपराध) सम्बन्धी कसुरमा उजुरी परेको थियो। सोही जाहेरीका आधारमा थप अनुसन्धानका लागि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।