२४ घण्टामा १,२४७ सवारी चालक कारबाहीमा: मापसे गर्ने ५६ र तीव्र गतिका १६८ परे

२४ घण्टामा १,२४७ सवारी चालक कारबाहीमा: मापसे गर्ने ५६ र तीव्र गतिका १६८ परे

काठमाडौं। काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने १ हजार २४७ वटा सवारीसाधनका चालकलाई प्रहरीले पछिल्लो २४ घण्टामा कारबाही गरेको छ।

बिहीबार बिहानसम्म उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन गरेको कडा जाँचका क्रममा उनीहरूलाई कारबाही गरिएको हो।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी महाशाखाका अनुसार कारबाहीमा पर्नेमा सबैभन्दा बढी अन्य विविध नियम उल्लङ्घन गर्ने ७५४ जना रहेका छन्। त्यस्तै, तीव्र गतिमा सवारी हाँक्ने १६८ जना, मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउने ५६ जना र सिसिटिभी (CCTV) क्यामेराको निगरानीमार्फत ७८ जना चालक कारबाहीमा परेका छन्।

यसैगरी, रातोबत्तीको इशारा उल्लङ्घन गर्ने ५१ जना, लेन अनुशासन पालना नगर्ने (लेन क्रस) ४१ जना, सवारीसाधनको यान्त्रिक अवस्था ठिक नराखी चलाउने ४२ जना, निषेधित क्षेत्रमा हर्न बजाउने ४० जना र एकतर्फी (वान-वे) सडकमा सवारी हुक्याउने १७ जना चालकलाई समेत कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ।

छुटाउनुभयो कि ?