एकैदिन ६ हजार चार सयले बढ्यो सुन, तोलाको ३ लाख ७ हजार ९ सय पुग्यो

एकैदिन ६ हजार चार सयले बढ्यो सुन, तोलाको ३ लाख ७ हजार ९ सय पुग्यो

काठमाडौं। नेपाली बजारमा मंगलबार सुन र चाँदीको मूल्यमा उल्लेख्य वृद्धि भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार छापावाल सुनको मूल्य प्रतितोला ६ हजार चार सय रुपैयाँले बढेर ३ लाख ७ हजार ९ सय रुपैयाँ पुगेको छ। सोमबार सुन प्रतितोला ३ लाख १ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।

यसैगरी, मंगलबार चाँदीको मूल्यमा पनि वृद्धि भएको छ।

सोमबार तोलामा ४ हजार ६ सय ७० रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार १ सय १० रुपैयाँले बढेर प्रतितोला ४ हजार ७ सय ८० रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ।

छुटाउनुभयो कि ?