काठमाडौं । नेपली बजारमा सुनको ओरालो यात्रामा ब्रेक लागेको छ । सोमबार छापावाल सुनको मूल्य ४ हजार ८ सय रूपैयाँले बढेको छ ।
आइतबार, छापावाल सुनको मूल्य प्रतितोला २ लाख ४२ हजार ६ सय रूपैयाँ कायम भएकोमा आज ४ हजार ८ सय रूपैयाँले बढेर २ लाख ४७ हजार ४ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, आइतबार चाँदीको मूल्य प्रतितोला ३ हजार ६५ रूपैयाँ कायम भएकोमा आज ४५ रूपैयाँले बढेर ३ हजार ११० रूपैयाँ कायम भएको छ ।